समुदायमा प्रहरी साझेदारी : विश्व सरसफाई दिवसको अवसरमा बृहत सरसफाई – Kanika Khabar
Saturday, April 27Nepali News Portal

समुदायमा प्रहरी साझेदारी : विश्व सरसफाई दिवसको अवसरमा बृहत सरसफाई

    मा प्रकाशित

असाेज २, दाङ ।
विश्व सरसफाई दिवसको अबसरमा सरसफाई ब्यबस्थापन शाखा घोराही उपमहानगरपालिका दाङको आयोजना बृहत सरसफाइ गरिएकाे छ ।   

नगरलाई सुन्दर नगर बनाऔँ भन्ने अभियानका साथ दाङकाे घोराही उपमहानगरपालिका स्थित कटुवा खोला र सेवार खोला क्षेत्रमा सरसफाई कार्यक्रम गरिएकाे हाे । समाजमा सरसफाइकाे जागरण ल्याउने उद्देश्यका साथ सरसफाइ कार्यक्रम गरिएकाे बताईएकाे छ ।   
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रहरी निरीक्षक राम नारायण गुप्ता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी टोली, नेपाली सेना, , स्थानीय जनप्रतिनिधी, पत्रकार तथा स्थानीय नागरिक लगायतको सहभागिता रहेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्