पछिल्लो २४ घण्टामा दाङमा १ जनामा काेराेना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा १ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

३ असोज, दाङ ।
पछिल्लो २४ घण्टामा दाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर परिक्षण गर्दा तुलसीपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज दाङका ३ जना कोरोना मुक्त भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

कोरोनामुक्त हुनेमा तुलसीपुरका २ जना र राप्तीको एक जना रहेको केन्द्रले जनाएको छ । आज थप ३ जना निको भएसँगै दाङमा सकृय बिरामीको संख्या ७६ रहेको छ ।                          ती मध्य घरमा ६८ जना, ५ जना आईसियूमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ । यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३७ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ४६ जना निको भएका छन भने २ सय १५ जनाको मृत्युु भएको छ ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्