दंगीशरणमा विविध कार्यक्रम गरी संविधान दिवस मनाईयो – Kanika Khabar
Friday, April 26Nepali News Portal

दंगीशरणमा विविध कार्यक्रम गरी संविधान दिवस मनाईयो

    मा प्रकाशित

दिप्तीशिखा चौधरी
दंगीशरण, असोज ३ ।

दंगीशरण गाउँपालिका युवा संजालले आज आईतबार संविधान दिवस मनाएको छ । संजाले आज दंगीशरण ३ हेकुली चौकमा दीप प्रज्वलन गरी संविधान दिवस २०७८ मनाएको हो ।
कार्यक्रमका प्रमुख अतीथि एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दिप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतीथी चौधरीले नेपाली जनताको रक्षाका लागी बनाईएको संविधान गणतन्त्रात्मक संविधान बचाई राख्न हरेक वर्ष संविधान दिवस मनाए पनि हरेक जनताले यस संविधानको अनुभुति गर्न पाउँनुपर्ने बताउनुभयो । कार्यक्रममा ग्रीन फाउण्डेसन अफ नेपाल दंगीशरण गाउँपालिकाका अध्यक्ष तथा समाजसेवी नेता एम .एन शाह, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारी, ३ न. प्रदेश युवा संजालका सदस्य पारस खड्का, युवा संघ दंगीशरणका सचिव जेनिस कवँर लगायतले आ आफनो भनाई राखेका थिए । संजालका अध्यक्ष चक्रमिलन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संजालका सचिव अंकित आचार्यले गरेका थिए । दीप प्रज्वल कार्यक्रममा स्थानीय नेता, विभिन्न संघसंस्थाका प्रतीनिधि,स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

No description available.

यसैविच दंगीशरण गाउँपालिका वडा न. ५ ले फनि संविधान दिवस मनाएको छ । वडाले एक अर्न्तक्रिया कार्यत्रमका बिच दिप प्रज्वलन गरी दिवस मनाएको हो । वडा न। ५ बालापुरमा दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा प्रमुख अतीथी प्रदेश सभा सदस्य सांसद दामा शर्माले नेपाली जनताको वलीदान बाट प्राप्त भएको संविधान गणतन्त्र प्रतीको सम्मानलाई बचाई राख्न जरुरी रहेको बताउँनु भएको छ । दश बर्षको जनयुद्ध बाट पाएको संविधान जनअपेक्षामूखी हुनुपर्ने उहाले ठोकुवा गर्नुभयो । वडा अध्यक्ष दिपक गौतमको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका महाधिवेशन प्रतिनिधि केशवराज आचार्यको विशिष्ट आतीथ्यतामा भएको कार्यक्रमको शहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्