‘अधुरो सपना’ कृति लोकार्पण – Kanika Khabar
Friday, April 26Nepali News Portal

‘अधुरो सपना’ कृति लोकार्पण

    मा प्रकाशित

स्रष्टा सुजता सिंद्वारा लिखित ‘अधुरो सपना’ नामक आत्मकथा एक कार्यक्रमका बिच दाङको तुल्सीपुरमा लोकार्पण गरिएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा शनिबार तुलसीपुरमा अधुरो सपना आत्मकथा नामक कृति लोकार्पण गरिएको हो । राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं वरिष्ठ साहित्यकार एवं समालोचक डा. अमर गिरीको प्रमुख अतिथ्यता तथा वरिष्ठ गजलकार डा घनश्याम न्यौपाने परिश्रमी र नेपाल सरकारका पुर्व सहसचिव एवं राप्ती बबई क्याम्पस सञ्चालन समितिका अध्यक्ष बिष्णुकुमार देबकोटाको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार किशोरचन्द गौतमले अधुरो सपना आत्मकथाको समीक्षा गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समालोचक डा. अमर गिरी, वरिस्ठ गजलकार डा घनश्याम न्यौपाने परिश्रमी, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देबकोटा, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, पत्रकार तथा मानव अधिकार कर्मी सुशील बस्नेत लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका सदस्य बिमला डाँगी ‘विकलता’ को स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद दाङ शाखाका पुर्व अध्यक्ष तथा सल्लाहकार डा। लोकराज पराजुली, राप्ती साहित्य परिषद दाङ शाखाका सल्लाहकार नगेन्द्र गुरू, थारू भाषा साहित्य मञ्चका अध्यक्ष छविलाल कोपिला, गजल अभियान दाङका अध्यक्ष प्रबल बिष्ट, साहित्यकारहरू छविकिरण वली, नवराज रजौरे, टोपबहादुर वली, गिरीराज पन्थी, डा प्रेम योगी, धनिराम गिरी, स्वर्ण शिखा, खगेश्वर भण्डारी, डिल्ली बस्नेत सङ्गीत, भवानी शर्मा भावना, अभि समर्पण, प्रतीक संग्रामी, बिना रोका, कृति डिसी, बिक्रम वली, मनोज थापा मगर, स्रष्टाका घरपरिवार लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्