आज बजेट पारित गर्ने तयारी, एमालेले संसद्को अवरोध कायमै राख्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज बजेट पारित गर्ने तयारी, एमालेले संसद्को अवरोध कायमै राख्ने

    मा प्रकाशित

असोज ४, दाङ ।
सत्तापक्षले प्रतिनिधिसभाको आजको बैठकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीसमेत बजेट पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने उल्लेख छ ।

आर्थिक विधेयक, २०७८ माथि दफावार छलफलको लागि दिन तोक्ने र अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने पनि सम्भावित सूचीमा छ ।

 

सांसद प्रेम सुवालले विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस भनी खर्च कटौतीका प्रस्ताव पेश गर्ने, विनियोजन विधेयक २०७८ अन्तर्गत छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने, विनियोजन विधेयक २०७८ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

तर नेकपा एमालेले आफ्नो पार्टीका १४ सांसदलाई पदमुक्त गरेको सूचना सार्वजनिक गर्नुपर्ने माग राख्दै संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । आजको बैठकमा पनि आफूहरूको विरोध कायमै रहने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो ।

काँग्रेस सचेतक पुष्पा भुसालले भने बजेट पास गर्नुपर्ने प्रमुख प्रतिपक्षी दलको पनि कर्तव्य भएकाले सकेसम्म सहमतिमै बजेट पारित गरिने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्