एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

    मा प्रकाशित

असोज ४, दाङ ।
नेकपा एमलोको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे तुलसिलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बैठक सुरु हुने एमाले नेताहरूले बताएका छन् । हिजोको स्थायी कमिटी बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावका बारेमा बाँकी नेताहरूले धारणा राख्ने भएका छन् ।

प्रस्तावमा ७० वर्षे उमेर हद कायमै राख्ने उल्लेख गरिएको छ ।

नवौं महाधिवेशनदेखि एमालेमा ७० वर्षको उमेर हदको व्यवस्था राखिएको थियो । तर अध्यक्ष केपी शर्मा ओली पक्ष सहभागी स्थायी कमिटी बैठकले यसअघि उमेर हदको प्रबन्ध हटाउने निर्णय गरेको थियो ।

असोजको १५ देखि १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि स्थायी कमिटी बैठकमा छलफल गरिने एमाले नेता अमृत कुमार बोहराले बताउनुभयो ।

प्रस्तावमाथिहिजो उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु बोहरा, केशव बडाल र पुष्प कँडेलले टिप्पणी राख्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्