मुगुमा दसैँको मुखमा खाद्यान्न अभाव – Kanika Khabar
Friday, April 26Nepali News Portal

मुगुमा दसैँको मुखमा खाद्यान्न अभाव

    मा प्रकाशित

खड्क सुनार
असोज ४, मुगु ।
हिमाली जिल्ला मुगुमा दसैँको मुखमा खाद्यान्न अभाव भएको छ । जिल्लामा रहेका सबै डिपो कार्यालय रित्तो हुनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव देखिएको छ । जिल्लामा रहेका पुलु, सोरुकोट, श्रीकोट डिपोकेन्द्र तथा रातापानी र कालै विक्री केन्द्रमा चामल सकिएको छ । छायाँनाथ रारा नगरपालिका १ का रञ्जना मल्लले बजारमा चामल महङ्गो हुनेभएकाले खाद्यको चामल मात्रै खरिद गर्ने अवस्था भएको तर पर्याप्त नपाएको बताउनुभयो ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुमा हाल ६ सय क्विन्टल मात्र चामल मौज्दात रहेको छ । यसवर्ष बाढीले खेतबारीमा लगाएको अन्नबाली बगाएपछि खानेकुराको झनै समस्या भएको हो । खाद्यान्न डिपोमा चामल सकिएको र अर्कातिर चाडबाड नजिकिंदै गरेकाले सबै क्षेत्रका नागरिक सदरमुकाममा आउने गरेका छन् । तर पनि पर्याप्त चामल नपाएको स्थानीय हरिकृष्ण ऐडीले बताउनुभयो । असोज १५ भित्र जिल्लामा खाद्यान्न भित्राउनको लागि प्रादेशिक कार्यालय र प्रधान कायार्ललयलाई परिपत्र गरेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगुका सूचना अधिकारी पुस्कर भामले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्