कञ्चनपुरमा भारतीय तस्करीहरुले आक्रमण गर्दा तीन जना सशस्त्र घाइते – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कञ्चनपुरमा भारतीय तस्करीहरुले आक्रमण गर्दा तीन जना सशस्त्र घाइते

    मा प्रकाशित

असोज ५, कञ्चनपुर ।
भारतीय तस्कर समूहले आक्रमण गर्दा कञ्चनपुरमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारको टाउको हात र खुट्टा चोट लागेको छ ।

घाइतेहरुको दोधारा चाँदनीको स्वास्थ्य चौकीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिनुभयो । ७र८ जनाको समूहमा आएका तस्कर आक्रमणपछि भागेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्