खुला फुटबल प्रतियोगिता शनिवारदेखि सुरु हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

खुला फुटबल प्रतियोगिता शनिवारदेखि सुरु हुँदै

    मा प्रकाशित

लक्ष्मण बस्नेत
असोज ८ तुलसीपुर दाङ ।
दाङ तुलसीपुरको टरिगाउँमा भोलि शनिवारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु हुदैछ ।
टरिगाउ युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालन गरिन लागेको प्रतियोगिताको औपचारिक उद्घाटन दुउसो दुई बजे हुनेछ । उद्घाटन खेलमा आयोजक टरिगाउ युवा क्लब र रोयल बिजौरी भिड्ने भएका छ्न१ खेल दिउँसो साढे दुई बजे देखि सुरु हुनेछ ।

No description available.

स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिम को सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरे ले जानकारी दिनु भएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर १२ मा रहेको टरिगाउ खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।

प्रतियोगिता को बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ १ त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न । त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिने छ । यसैबिच आयोजक ले सनिवार दिउसो हुने प्रतियोगिता उद्घाटन समारोहमा उपस्थिति का खेलप्रेमी,खेलाडी,पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्