कृषि कानूनको विरोधमा भारत बन्द, ठाउँठाउँमा झडप – Kanika Khabar
Friday, April 26Nepali News Portal

कृषि कानूनको विरोधमा भारत बन्द, ठाउँठाउँमा झडप

    मा प्रकाशित

असोज ११, दाङ ।
कृषि कानूनको विरोधमा आज भारत बन्द भएको छ । केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरूले आज एकदिन भारत बन्दको आह्वान गरेका थिए । एक वर्ष अगाडि सरकारले ल्याएको कृषि कानुनको विरोधमा भारतका ४० भन्दा बढी संगठनले भारत बन्दको आह्वान गरेका हुन् ।

बिहान ६ बजेदेखि सुरु भएको बन्द बेलुका ४ बजेसम्म जारी थियो । संयुक्त किसान मोर्चाले सबै सामाजिक संगठन र ट्रेड युनियनलाई भारत बन्दमा समर्थन जनाउन अपिल गरेको छ । त्यस्तै भारतका विभिन्न प्रतिपक्षी दलले पनि बन्दको समर्थन गरेका छन् ।भारत बन्दको प्रभाव उत्तर भारतको पञ्जाब, हरियाणादेखि लिएर दक्षिण भारतको केरलसम्म देखिएको बीबीसीले जनाएको छ ।

तमिलनाडुमा बन्दका क्रममा प्रहरीको ब्यारिकेड तोडेको आरोपमा केही किसानलाई नियन्त्रणमा लिइएको जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रहरी र प्रदर्शनमा उत्रिएका किसानबीच केहीबेर झडपसमेत भएको छ । मोदी सरकारले ल्याएका किसानसम्बन्धी विभिन्न तीन वटा कानुनको विरोधमा एक वर्षदेखि किसानहरु आन्दोलित भएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्