टीकापुरमा बालिका बलात्कारमा संलग्न ४ जना पक्राउ – Kanika Khabar
Friday, February 14Nepali News Portal

टीकापुरमा बालिका बलात्कारमा संलग्न ४ जना पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, टीकापुर ।
टीकापुर नगरपालिका वडा नं १ मा १४ वर्षका ३ जना बालिका बलात्कारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहानै कैलालीको रानी कुलो किनारमा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न ४ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनगढी पठाइएको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
केही दिनअघि मात्रै चिनजान भएका बालिकालाई फोनबाटै बोलाएको र स्कुटीमा रानी कुलाको किनारमा लगेर बलात्कार गरेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा टीकापुर १ का २१ वर्षका दीपक बुढा, डम्बर ठकुल्ला, दीपक ठकुल्ला, सन्दिप ठकुल्ला रहेका प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्