मुस्ताङमा काङ्ग्रेसको जिल्ला अधिवेशन सम्पन्न – Kanika Khabar
Friday, April 26Nepali News Portal

मुस्ताङमा काङ्ग्रेसको जिल्ला अधिवेशन सम्पन्न

    मा प्रकाशित

असोज १६, मुस्ताङ ।
मुस्ताङमा नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । आगामी मंसिर ९ देखि १२ गतेसम्म हुन लागेको केन्द्रीय महाधिवेशनका लागि अहिलेसम्म मुस्ताङमा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार आज मुस्ताङमा निर्विरोध जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

उहाँले काठमाडौँ महानगरपालिकासहित १० नगरपालिकामा आज मनोनयन दर्ता भएको र भोलि मतदान हुने पनि जानकारी दिनुभयो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्