आज विश्व शिक्षक दिवस – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज विश्व शिक्षक दिवस

    मा प्रकाशित

असाेज १९, दाङ।                                                          आज ५ अक्टोबर अर्थात् विश्व शिक्षक दिवस । हरेक वर्ष आजको दिनलाई गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा मनाइने गरिन्छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन विश्व शिक्षक दिवस मनाइँदै आएको छ ।शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले गरेको सिफारिसलाई आवद्ध राष्ट्रले स्वीकार गरेको दिनलाई दिवसको रूपमा मनाइँदै आइएको छ ।

यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस संसारभर मनाइँदै छ । विश्वका १०० देशले विश्व शिक्षक दिवस मनाउने गरेका छन् । नेपालमा असारको पूर्णिमामा मनाइने गुरू पूर्णिमालाई शिक्षकको सम्मान गर्ने गरिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्