पेयङ्गोलिन” को संरक्षमा चीनको कडा कदम – Kanika Khabar
Monday, December 8Nepali News Portal

पेयङ्गोलिन” को संरक्षमा चीनको कडा कदम

    मा प्रकाशित

खगेश्वर पौडेल
जेठ २८, दाङ

चीन सरकारले परम्परागत चिनियाँ औषधीहरुको निर्माणमा प्रयोहुने सामग्रीको सूचिबाट पेयङ्गोलिनको कत्लालाई हटाएको छ । चिनिया सरकारी संचार माध्यमका अनुसार चिनिया फर्माकोपिया (परम्परागत चिनियाँ र पश्चिमी औषधीहरुको सरकारी सूचि) मा पेयङ्गोलिनको कत्लालाई समावेश गरिएको छैन् ।

चीन सरकारको यस कदमलाई अभियानकर्ताहरुले विश्वको सवैभन्दा बढी बेचबिखन हुने स्तनपायी जन्तु पेयङ्गोलिनको संरक्षणको लागि चालिएको कडा कदम भनेर ब्याख्या गरेका छन् । पेयङ्गोलिनहरुको शरीर कत्लाहरुले छोपीएको हन्छ भने यसको आकार लगभग घरपालुवा विरोलोको जत्रो हुन्छ । किराहरु खाने यो जनावर एशियामा मासु र कत्लाको लागि अत्यधि मूल्यमा खरिद बिक्री हुने गरेको छ ।

गतवर्ष मात्रै अधिकारीहरुले १३०टन भन्दाबढी पेयङ्गोलिनसंग सम्बन्धित सामग्रीहरु कब्जा थिए जसलाई सख्यामा लग्दा करिव ४०००००को हाराहारीमा हुन आउने संरक्षण समूह वाइल्डएडले जनाएको छ । एशिया र अफ्रिकामा आठ किसिमका पेयङ्गोलिनहरु पाइन्छ । प्रकृतिको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघले तीन प्रकारका पेयङ्गोलिनहरु«–चिनियाँ पेयङ्गोलिन, फिलिपिन्स पेयङ्गोलिन र सुन्डा पेयङ्गोलिन, जुन दक्षिण पूर्वी एशियामा पाइन्छन, लाई गंभीर खताराको सूचीमा सामेल गरेको छ भने भारतिय पेयङ्गोलिन सहित अन्य पाँच प्रकारका पेयङ्गोलिनहरुलाई जोखिमको सूचिमा राखेको छ ।

पेयङ्गोलिनको कत्लाहरु केराटिनबाट बनेको हुन्छ जुन तत्व मानिसहरुको औलाहरु र गैडाको खागमा पनि पाइन्छ । परम्परागत चिनियाँ औषधी निमार्णकर्ताहरुलो यसले रक्त संचारमा सुधार गर्नका साथै सूजन कम गर्न काम गर्ने विश्वास गर्दछन् ।

(एजेन्सिको सहयोगवाट)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्