आज भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप आउँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप आउँदै

    मा प्रकाशित

असोज २२, दाङ ।
भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप आज नेपाल आउने भएको छ । नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्था प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो ।

आज दिउँसो २ बजे १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताउनुभयो । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्