लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता , यी हुन् लुम्बिनीका मन्त्रीहरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता , यी हुन् लुम्बिनीका मन्त्रीहरु

    मा प्रकाशित

असाेज २४, दाङ ।
लुम्बिनी प्रदेश सरकारले आज पूर्णता पाएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले आँफू मुखयमन्त्री नियुक्त भएको दुई महिनापछि आईतबार मन्त्री परिषदलाई पूर्णता दिएका हुन् । आईतबार सरकारमा १० मन्त्री थपिएसंगै लुम्बिनी प्रदेश सरकार १७ सदस्यीय बनेको छ । यसअघि प्रदेश सरकारमा मुख्यमन्त्री सहित ७ मन्त्री थिए । आईतबार कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । जसअनुसार बिरबहादुर राना उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, सुरेन्द्र हमाल वन वातावरण तथा भुसंरक्षण मन्त्री बसिउद्धिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बने भने कांग्रेसकै अर्जुन श्रेष्ठ उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री र रिना नेपाल बिक पर्यटन ग्रामिण तथा शहरी बिकास राज्यमन्त्री बनेका छन् ।
यस्तै माओबादी केन्द्रबाट दुई मन्त्री र दुई राज्य मन्त्री बनेका छन् । जसअनुसार तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार र ईन्द्रजीत चौधरी स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री बनेका छन् । यस्तै माओबादीबाट बिमला खत्री ओली स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र सुष्मा यादव कृषी खाद्य प्रविधि तथा भुमि ब्यवस्था राज्यमन्त्री बनेका छन् ।
यसैगरि नेकपा एकीकृत समाजबादीबाट एकजना मन्त्री बनेका छन् । समाजबादीबाट रमा घर्ती कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छिन् ।
यसअघि मुख्यमन्त्री केसी सहित डिल्ली चौधरी पर्यटन ग्रामिण तथा शहरी बिकास, कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी,सहसराम यादव भौतिक पूर्वाधार बिकास,अजय शाही उद्योग बाणिज्य तथा आपुर्ति,सुमन शर्मा रायमाझी कृषी खाद्य, प्रबिधि तथा भुमि ब्यवस्था , पुर्मती ढेंगा श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री बनिसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्