मोतिपुर घटनाबारे एमालेको आपति – Kanika Khabar
Friday, April 26Nepali News Portal

मोतिपुर घटनाबारे एमालेको आपति

    मा प्रकाशित

असोज २५, दाङ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ । तारान्तार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले आज पनि जारी राख्दै सदनमा गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन लगायतका नारा लगाए ।

हिजो रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रहरी र अतिक्रमणकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो । केही सुरक्षाकर्मी घाइते भएका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै राष्ट्रियसभामा पनि आपत्ति जनाएको छ । प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकको हत्या गरेर सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा तिम्त्याएको आरोप लगाउनुभयो ।

अरुका लागि दसैँ आएको छ तर सुकुम्बासीका लागि दशा बनेर आएको उहाँको भनाइ थियो । घटनाको छानविनमा सरकारले तत्परता नदेखाएको भन्दै उहाँले घाइतेको उपचार र मृतकलाई क्षतिपूर्ति दिन मागगर्नुभयो । भट्टराईले गृहमन्त्रीमाथि नैतिकताप्रश्न उठेको समेत टिप्पणी गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्