धर्तीमै पहिलोपटक परमादेशबाट सरकार : अध्यक्ष ओली – Kanika Khabar
Friday, April 26Nepali News Portal

धर्तीमै पहिलोपटक परमादेशबाट सरकार : अध्यक्ष ओली

    मा प्रकाशित

असोज २८, दाङ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले धर्तीमै पहिलोपटक परमादेशबाट सरकार बनेको बताउँदै पछिल्लो सरकार र अदालतबीच साँठगाठ भएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष ओलीले सरकार र सर्वोच्च अदालत बीच बार्टर सिस्टम चलेको आरोप लगाउनुभयो । हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै ओलीले यस्तो बताउनुभयो ।

गृहजिल्ला झापा पुग्नुभएका ओलीले दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा तीन महिनापछि सरकारले पूर्णता पाएको त्यो पनि जेठानलाई मन्त्री बनाएर भन्दै कटाक्ष गर्नुभएको थियो । पैसाको कारोबार भए, नभए थाहा नभए पनि सट्टापट्टा भएको स्पष्टै देखिएको अध्यक्ष ओलीको भनाइ थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्