सुरक्षा निकाय सुरक्षा योजना कार्यान्वयन गर्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

सुरक्षा निकाय सुरक्षा योजना कार्यान्वयन गर्दै

    मा प्रकाशित

राजेन्द्र धामी
असोज २८, दार्चुला ।
अहिले घरघरमा दशैं कसरी मनाउने भन्ने छलफल जारी छ तर सुरक्षा निकायहरु भने बेग्लै योजनामा छन् । विगतका दशैंहरुमा भन्दा गत सालको दशै जस्तै यो बर्षको दशैंमा प्रहरीलाई शान्ती सुरक्षा र कोरोना नियन्त्रणका दोहोरो जिम्मेबारी छ ।

 

दशैमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा योजना बनाएको दार्चुला प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताउनुभयो । प्रहरीलाई एकातिर दशैंमा हुनसक्ने सम्भावित चोरी, डकैती, लुटपाट, कालोबजारी नियन्त्रण तथा सवारी दुर्घटना जोखिम कम गर्ने दायित्व छ भने अर्काेतिर कोभिड–१९ को महामारी नियन्त्रण गर्ने दायित्व छ रहेको छ । यस्तो अवस्थामा दोहोरो जिम्मेवारीका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

 

दार्चुलामा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरीको पनि उपस्थिति रहेको छ । सरकारले दिएको जिम्मेवारी बहन गर्दै दर्शैको बेला बन्द रहेका सरकारी कार्यालय र बैंकहरुको सुरक्षाको लागि नेपाल प्रहरीसंगको समन्वयमा थप सुरक्षा व्यवस्थान गरिरहको एस पी नरेन्द्र बहादुर बलमे बताउनुभयो । जुवातास, सीमामा हुने अबैध गतिविधि र कोभिड नियन्त्रण लगायत चाडपर्वको समयमा घट्न सक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायबीच समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीमो भनाई छ ।

 

दशै तिहार जस्ता पर्वहरुमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अबैध मदिरा विक्री वितरण, आगजनी, विष्फोटन, तस्करी र चोरी निकासी जस्ता अपराधिक घटनाहरु बढी हुने गरेको पाइन्छ । यी गतिविधि कम गर्न वा अपराधिक घटनाहरु नियन्त्रण गर्न सुरक्षाकर्मी आफ्नो योजनाका साथ खटिएको हुन्छ । कुनै अपराधिक घटनामा संलग्न नभई घटना घटेको थाहाँ पाउने वितिकै नजिकको प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्