हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी ९ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी ९ जनाको मृत्यु

    मा प्रकाशित

यमनमा रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी ९ जनाको मृत्यु भएको छ । केही दिनयता देखि सो सेनाले कारबाहीलाई निरन्तरता दिएको बताइएको छ ।

 

सेनाले हिजो गरेको यस्तै कारबाहीमा परी ९ जना हुथी विद्रोही मारिएका साउदी अरेबियाको सेनाले बताएको छ । सो सेनाले यमनको मध्यक्षेत्रमा पर्ने मारिब प्रान्तमा हुथीहरुका विरुद्धमा कारबाही गर्ने गरेको थियो ।

 

हालैका केही दिनहरुमा पनि सेनाले सो कारबाहीलाई निरन्तरता दिएको बताइएको छ । मारिबमा हुथी विद्रोहीहरुको कार्यालय रहेको स्थानलाई पनि सेनाले घेरा हालेर आक्रमण गरी ध्वस्त बनाएको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्