न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा पनि आंशिकदेखि सामान्य बदली – Kanika Khabar
Saturday, April 27Nepali News Portal

न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा पनि आंशिकदेखि सामान्य बदली

    मा प्रकाशित

असोज ३०, दाङ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा पनि आंशिकदेखि सामान्य बदली भएको छ ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

‘आइतबार देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्यांगसहित हावाहुरी र भारी वर्षाकोसमेत सम्भावना छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि संभावना छ।’

आज प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, २ र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

आजराति प्रदेश १, २ र वाग्मती प्रदेश सामान्य बदली रही अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्