देशका अधिकांश स्थानमा वर्षा : धानवालीमा क्षति – Kanika Khabar
Friday, April 26Nepali News Portal

देशका अधिकांश स्थानमा वर्षा : धानवालीमा क्षति

    मा प्रकाशित

कात्तिक १, दाङ ।
देशका अधिकांश स्थानमा वर्षा सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारसम्म देशभर बदली हुने जनाएको छ । यतिबेला धानबाली स्याहार्ने चटारोमा किसानहरु रहेका छन् । कतै धान काट्ने क्रम चलिरहेको छ । कतै कार्टिको धान खेतमै छ त कतै खल्यानसम्म धान ल्याउने क्रम जारी छ ।

वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि किसानहरु चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्थामा किसानहरु रहेका छन् ।

धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ । एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो भन्ने चिन्ताले किसानलाई पिरोलेको छ ।

दाङलगायत देशका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको छ । देशैभरिका किसानहरु धानबाली ठगान्न व्यस्त रहेका बेला सुरु भएको वर्षाले किसालाई मर्कामा पारेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्