प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायत

    मा प्रकाशित

कात्तिक १, दाङ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण हुने निश्चित भएको छ । प्रधानमन्त्री देउवाको पहिलो विदृश भ्रमण बेलायत हुने भएको छ । द्विपक्षीय भ्रमण नभई राष्ट्र संघीय कार्यक्रममा भाग लिन उनी बेलायत जाने निश्चित भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्कटल्याण्डको ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा हुनेछ ।

असार २९ मा प्रधानमन्त्री बनेका देउवाले पहिलो विदेश भ्रमण बेलायतको गर्ने भए पनि यो भ्रमण द्विपक्षीय भ्रमण भने हुनेछैन । नेपालका प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमण भारतमा गर्दै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्