प्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
२ कार्तिक तुलसीपुर दाङ ।
दाङको तुलसीपुरमा सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ हुने भएको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजना संचालन हुने प्रतियोगिता यहि कार्तिक १० गतेदेखि तुलसिपुर ५ अरनिको खेल मैदान मा सुरु हुनेछ ।
स्थानिय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । २०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमण मा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डागी को सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डागी फाउन्डेसन का अध्यक्ष प्रकाश डागी बमले जानकारी दिएका छन् ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण लामो समय ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिन लागिएको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बेस्ट कोच,बेस्ट मार्चपास लाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यबस्था गरिएको अध्यक्ष डागी ले जानकारी दिए ।
कार्तिक १६ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईने छ।
यसैविच प्रतियोगिता मुल आयोजक समिती ले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवर सम्पन्न गर्नका लागि मुल समितिका मातहतमा रहेका विभिन्न उपसमितिले प्रचार प्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान मर्मत लगाएतका तयारी लाई तिब्र पारेको समेत जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्