धरानमा पहिरो :२ बालबालिकाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

धरानमा पहिरो :२ बालबालिकाको मृत्यु

    मा प्रकाशित

कात्तिक २, सुनसरी ।
सुनसरीको धरानमा पहिरो जाँदा दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।

मंगलबार दिउँसो पौने २ बजे पहिरो खस्दा टिनको घर पुरिएको थियो । पहिरोमा दुई जना बालबालिका बेपत्ता भएका थिए ।

 

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुवै जना बालबालिकालाई मृत अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्