आज एमाले स्थायी कमिटीको बैठक – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज एमाले स्थायी कमिटीको बैठक

    मा प्रकाशित

कार्तिक ४, दाङ ।
नेकपा एमालेको स्थायी कमिटीको बैठक आजका लागि आह्वान गरिएको छ । बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा, पालिका अधिवेशनलगायत विषयमा छलफल हुने उहाँले बताउनुभयो । यस्तै बैठकमा राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा पनि छलफल हुने बताइएको छ । एमालेको यही कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्