मुख्यमन्त्रीले दिए लुम्बिनी प्रदेशसभाको भवन निर्माणका लागि डेढ महिने अल्टिमेटम – Kanika Khabar
Friday, April 26Nepali News Portal

मुख्यमन्त्रीले दिए लुम्बिनी प्रदेशसभाको भवन निर्माणका लागि डेढ महिने अल्टिमेटम

    मा प्रकाशित

कार्तिक ३, दाङ ।
लुम्बिनी प्रदेशसभाको भवन निर्माणमा चरम लापरवाही भएपछि निर्माण कम्पनिलाई डेढ महिनाको अल्टिमेटम दिईएको छ । प्रदेशसभाको भवन स्थायी राधजानी भालुवाङमा निर्माणाधिन छ । तर निर्माण कम्पनीले भवन हस्तान्तर गर्नुपर्ने अवधि गुजारी सकेपनि निर्मााणको काम सुस्त बनेपछि प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निर्माण कम्पनीलाई झपारेका थिए । गत माघदेखि निर्माण सुरु भएको प्रदेशसभा भवन गत भदौमा निर्माण गरिसक्नु पर्ने सम्झौता थियो । स्थायी राजधानीको जग्गा ब्यवस्थापन समबन्धी छलफलका लागि आएका मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माणको प्रगती बारे जानकारी लिएका थिए ।

तर भवन हस्तान्तरण हुनु पर्ने अवधि भन्दा बढी समय लागि सक्दा समेत भवन निर्माणको काम ३५ प्रतिशत मात्रै भएको भन्दै मुख्यमन्त्री केसीले निर्माण कम्पनिका प्रतिनिधीलाई झपारेका थिए । ‘सिडिओ साप काममा गैरजिम्मेवार ठेकेदारलाई कोचिदिनुस्,’ दाङका प्मुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङलाई भने ‘अनि यो ठेक्का कम्नीलाई कालो सुचीमा राखेर कारवाही गरौँ ।’

मुख्यमन्त्री केसीले झपारेपछि निर्माण कम्पनिले डेढ महिना सम्म काम पुरा गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सरकारी पक्षबाट डेढ महिना सम्म काम सकि सक्नु पर्ने अल्टिमेटम सुनाईएको थियो । निर्माण कम्पनिले उक्त अवधिमा काम पुरा गर्ने सहमती गरेको छ । अन्यथा उक्त कम्पनिलाई कारवाही गर्ने सरकारी तयारी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्