बाढी–पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त – Kanika Khabar
Friday, April 26Nepali News Portal

बाढी–पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

    मा प्रकाशित

कात्तिक ४, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार प्रकोपपीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने उहाँले विश्वासव्यक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन पनि आग्रह गर्नुभएको छ ।

 

नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह पनि उहाँले आग्रह गर्नुभएको छ । यस्तै राष्ट्रपति भण्डारीले सम्पूर्ण राजनीतिक दल, सामाजिक सङ्घसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन पनि आग्रह गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्