१७ हजारबढी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

१७ हजारबढी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुल्दै

    मा प्रकाशित

कार्तिक ५, दाङ ।
शिक्षक सेवा आयोगले शिक्षकहरूको पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आयोगले प्रावि, निमावी र माध्यमिक तहका गरी झन्डै १७ हजार २ सय २३ दरबन्दी खुलाउने तयारी भएको बताउनुभयो ।

आयोगले ६ महिनाअघि नै शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

शिक्षामन्त्री नियुक्त नहुँदा नियमावली संशोधन प्रक्रिया अघि बढ्न सकेको थिएन । तर, अब शिक्षा मन्त्री नियुक्त भइसकेको अवस्थामा सम्भवतः छिट्टै नियमावली पनि संशोधन हुने मरहट्ठ्ठाले बताउनुभयो । त्यसपछ् विज्ञापन आवहनका लागि बाटो खुल्नेछ ।

प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरिएको स्रोतले बताएको छ ।

यसैगरी केन्द्रले शिक्षक बढुवाका लागि पनि विवरण आयोगमा पठाएको छ । केन्द्रका अनुसार प्राथमिक तह पहिलो श्रेणीका लागि ४५२ पद र प्राथमिक तह द्वितीय श्रेणीका लागि एक हजार ६९३ पदमा बढुवा गरिनेछ ।

त्यस्तै निम्न माध्यमिक तह पहिलो श्रेणीमा ७८ र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा ४७८ जनाको तथा माध्यमिक तह पहिलो श्रेणीमा १२४ र माध्यमिक तह द्वितीय श्रेणीमा ४८४ जना शिक्षकको बढुवा गरिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्