दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरू – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरू

    मा प्रकाशित

दाङ , ७-कात्तिक । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम आइतबारदेखी सुरु भएको छ । राष्ट्रिय सभाका मुख्य सचेतक अनिता देवकोटाको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको विशिष्ट आतिथ्यतामा एक कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटाले सकारात्मक सोचकासाथ रचनात्मक काममा जेसीज अघि बढ्नुपर्ने बताइन् । उनले जेसीज युवाहरुको संस्था भएको भन्दै रचनात्मक समाजको ऐनाका रुपमा जेसीजलाई विकास गर्न आग्रह गरिन् । ‘समाजलाई सचेतनाका माध्यमबाट परिवर्तन गर्दै विकासमा भुमिका खेलेको छ । अगुवाइ गर्न नपाउने संगठित रुपमा अवस्था छ । महिला सहभागीता कुरा भएपनि कार्यान्वयन तहमा कमजोर छ ।’

कार्यान्वयन गर्ने र आवश्यक कानुन निर्माणमा दाङ महिला जेसीजले भुमिका खेल्नुपर्ने बताइन् । समाजको विकास र समृद्ध नेपाल निर्माणका लागि महिलाहरु सचेत छन् भन्ने कुरा महिलाहरुले देखाउनुपर्ने पनि बताइन् । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले आफ्नो नेतृत्व र क्षमता विकाससंगै समाजको विकासमा महत्वपूर्ण भुमिका खेलेको बताइन् । सक्षम महिला निर्माण र नेतृत्व विकासमा भुमिका खेलेको भन्दै सामाजिक परिवर्तन, विकृती विसंतीकाविरुद्ध उठ्नु राम्रो भएको बताइन् ।                                           

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्