विश्वभर कोराना अपडेट : कुल संक्रमितको संख्या २४ करोड ५२ लाख ५५ हजार ९७६ – Kanika Khabar
Friday, April 26Nepali News Portal

विश्वभर कोराना अपडेट : कुल संक्रमितको संख्या २४ करोड ५२ लाख ५५ हजार ९७६

    मा प्रकाशित

कार्तिक १०, दाङ ।      विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ५२ लाख ५५ हजार ९७६ पुगेको छ । तीमध्ये २२ करोड २३ लाख २९ हजार ४५ जना निको भइसकेका छन् भने ४९ लाख ७८ हजार १९८ जनाले ज्यान गुमाएका छन् ।                              विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २३ बढीमा कोरोना संक्रमण पुष्टि भएको  ओल्डाेमिटरले जनाएकाे छ ।

जसअनुसार सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ३९९, बेलायतमा ४० हजार ९५४, रुसमा ३६ हजार ४४६, टर्कीमा २९ हजार ६४३, भारतमा १३ हजार ५०९ र ब्राजिलमा १३ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ७९ हजार ६०१ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ९५ हजार ३४, टर्कीमा ३१ हजार ४६७, रुसमा २६ हजार ९७३, बेलायतमा २६ हजार ३१७, ब्राजिलमा २१ हजार ४५४ र भारतमा १४ हजार ४९ जना संक्रमणमुत्त भएका छन् ।

गत २४ घण्टामा ७ हजार ४८४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा एक हजार ४५६, रुसमा एक हजार १०६, भारतमा ५८४, ब्राजिलमा ४०९, बेलायतमा २६३ र टर्कीमा २१५जना रहेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्