बार एशोसिएसनको आज कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बार एशोसिएसनको आज कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना

    मा प्रकाशित

कार्तिक १४, काठमाडौँ ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि विभिन्न चरणका आन्दोलन गर्दैछन् । बारले आजदेखि आउँदो बुधबारसम्म विभिन्न चरणको आन्दोलन गर्न लागेको हो ।

बारका सदस्य खिमानन्द अधिकारीका अनुसार आज सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर धर्ना दिने, भोलि गेटमा धर्ना दिने, पर्सि कोणसभा गर्ने र बुधबार पनि आन्दोलनलाई निरन्तरता दिने तयारी छ ।

बुधबारसम्ममा प्रधानन्यायाधीश जबराको राजीनामा नआए फेरि बैठक बसेर थप आन्दोलन गर्ने उहाँको भनाइ छ । विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै, बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको छ । प्रधानन्याधीश जबरा भने राजीनामा नदिने अडानमा हुनुहुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्