पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज हुने

    मा प्रकाशित

कार्तिक १५, काठमाडौँ ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले फैसला आज सुनाउने भएको हो ।

गएको असोज १८ गते ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ गर्दै फैसला सुनाउने मिति कात्तिक १५ गते तोकेको थियो। तर जबरासँग असन्तुष्ट न्यायाधीशले एक हप्तादेखि सर्वोच्च अदालतमा इजलास बहिष्कार गर्दै आएका छन्

जसका कारण आज फैसला सुनाउनेनसुनाउनेबारे भने अन्योल देखिएको छ। प्रधानन्यायाधीश जबराको एकल इजलासबाट भने फैसला भइरहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्