बेरोजगारीलाइ रोजगारी : मन्त्री श्रेष्ठ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बेरोजगारीलाइ रोजगारी : मन्त्री श्रेष्ठ

    मा प्रकाशित

कार्तिक १९, दाङ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूले बेरोजगारलाई रोजगारी दिन पहल गरिरहेको बताउनुभएको छ । कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने उहाँको भनाइ छ ।

नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौतीपूर्ण भएपनि त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्ने उहाँको भनाइ छ । उहाँले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको पनि बताउनुभयो ।

संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले अहिलेका पुस्ताले भावी पुस्तालाई नेवार जातिको संस्कृति, संस्कार सिकाउँदै जानुपर्नेमा जोड दिनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्