भारतको राजधानी नयाँदिल्लीमा फेरि प्रदूषण बढ्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

भारतको राजधानी नयाँदिल्लीमा फेरि प्रदूषण बढ्यो

    मा प्रकाशित

भारतको राजधानी नयाँदिल्लीमा फेरि प्रदूषण बढेको छ । सधैंको बर्ष जस्तो दिपावलीको भोलीपल्ट दिल्लि धुवामय भएको छ । दिल्लि आज संसारकै बढी प्रदुषित वायु भएको सहर बनेको छ ।

 

हिजो राति लक्ष्मीपूजा र दिपावालीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको तह पार गरेको बीबीसीले जनाएको छ । आज बिहानदेखि दिल्लीको आकाश तुवाँलोले ढाकेको छ भने दिल्लीको हावाको गूणस्तर इन्डेक्स एक्वुआई ४५१ पुगेको छ । यहि कारण सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाएको पनि त्यसको कार्यान्वयन नहुँदा दिल्लीसहित भारतका अरू सहरमा पनि वायु प्रदुषण बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्