महिला सशक्तिकरणका लागि भूमिका – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

महिला सशक्तिकरणका लागि भूमिका

    मा प्रकाशित

आफ्नो निजी स्वतन्त्रा अनि स्वयम् आफ्नो फैसला लिनको लागि महिलाहरुलाई अधिकार दिनु नै महिला सशक्तिकरण हो । परिवार अनि समाजको नराम्रो कुरालाई पछाडि छोड्दै आफ्नो आफ्नो विचार अधिकार दिमाग आदि कुरा महिला स्वयम्लाई अधिकार दिनु नै महिलालाई स्वतन्त्रता दिनु हो ।

समाजका सबै क्षेत्रमा पुरुष अनि महिला दुबैको लागि बराबरी नै हुनुपर्छ । देश,समाज र परिवारको उज्वल भविष्यको लागि महिला सशक्तिकरण धेरै जरुरी छ । साथै स्वच्छ अनि उपयुक्त वातावरण जरुरी छ । जसले गर्दा हरेक क्षेत्रमा आफ्नो फैसला आफै लिन सक्नु या त स्वयम् देश, परिवार र समाज जसको लागि पनि हुन सक्छ ।

प्राचीन समाजमा नेपालमा महिला अहिलेको भन्दा धेरै पछाडि थिए । उनीहरु हरेक क्षेत्रमा बोल्न, अधिकार माग्न सक्दैनथे । अहिले पनि सबै ठाउँका महिला शिक्षित छैनन् । जस्तो कि छाउपडी प्रथा अझै पनि देख्न सकिन्छ । महिनावारी भएको घरदेखि टाढा छुट्टै बस्ने गर्नाले कतिको मृत्यु भइसकेको छ ।

महिलालाई रातिमा एक्लै हिँड्न गाह्रो हुन्छ किनकि हाम्रो सोंच नै गलत छ । जसको परिणामस्वरुप बलात्कार, महिला हिंसाजस्ता घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । हामीले चाहेको मुलुक सभ्य, सम्पन्न र विकसित हो । हामीले विश्वका विकसित मुलुकसँग आफ्नो मुलुकलाई तुलना गर्दछौँ । विश्वको विकास र परिवर्तनलाई आधार बनाएर आफ्नो मुलुकको योजना बनाउँदछौँ । योजना र शैलीमा बिरोधाभास छ । हामीले देख्ने सपना, बनाउने योजना विश्व बजारका छन् तर हाम्रो कार्यान्वयनको शैली निकै पछाडि छ । योजनालाई कार्यान्वयन गर्न नसक्ने हो भने त्यो सपनामा सीमित हुन्छ । आज हामीले भोगेको परिणम त्यही हो । अबको हाम्रो हिम्मत भनेको योजना कार्यान्वयनमा हुनपर्छ । अझै पनि महिलालाई प्रोत्साहनको साटो निरुत्साहित गर्ने संस्कृतिलाई हामीले तिलाञ्जली दिन सकेका छैनौँ । जबसम्म महिलाको प्रतिभा, क्षमतालाई सम्बोधन गर्न सकिदैन तबसम्म हाम्रा योजनाले काँचुली फेर्न सक्दैनन् । यो हाम्रो चुनौति पनि बन्दै आएको छ । पछिल्लो समयमा महिलामा देखिएको केही परिवर्तनका कारण महिलाहरुमा आएको जागरण पनि हो । अब महिला जागरणको क्रमलाई अभिवृद्धि गराउँदै लैजाने र महिलालाई सामाजिक, र आर्थिक, सांस्कृतिक तथा राष्ट्रिय मुद्दासँग जोड्दै समान सहभागिताको अभियान चलाउन जरुरी छ । विकासको मुख्य उद्देश्यमा महिलाहरुलाई सहभागी बनाउँदै लैजाने हो भने महिला सश्क्तिकरणको पाटो बलियो हुँदै जान्छ । एक सश्क्त महिलाले नै आफ्नो बच्चाको भविष्य बनाउनुका साथै देशको भविष्य पनि सुनिश्चित गर्न सक्दछन् ।

महिलालाई यतिबेला हरेक क्षेत्रमा समान सहभागी बनाउँदै लैजाने, शिक्षाको क्षेत्रमा सक्रिय बन्न अवसर प्रदान गर्ने, हरेक क्षेत्रमा महिला सहभागितालाई वृद्धि गरी आत्मविश्वास बढाउँदै लैजानु नै महिला सशक्तिकरणका लागि निकै उपयुक्त वातावरण हो । महिलालाई प्रोत्साहन दिलाऔँ र विकासको एक अभिन्न पाटो बनाऔँ अनि महिला सशक्तिकरणको लागि भूमिका खेलौँ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्