आज सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशलाई प्रवेश राेक – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशलाई प्रवेश राेक

    मा प्रकाशित

दाङ, २६ कात्तिक । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज(शुक्रवार) सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने भएको छ ।   विहिवार सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेकाले आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्न लागेको बारले जनाएको छ ।

बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन निर्देशन दिनुभएको छ । प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने बारले चेतावनी दिएको छ ।

आज सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि बारले अपिल गरेको छ ।प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि सर्वोच्चमा आन्दोलन भइरहेको छ । आन्दोलनकै कारण सयौँ मुद्दाको सुनुवाइ प्रभावित बनेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्