महिला भलिबल टोलीको प्रशिक्षण आजबाट सुरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

महिला भलिबल टोलीको प्रशिक्षण आजबाट सुरु

    मा प्रकाशित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजबाट सुरु हुँदैछ ।नेपाल भलिबल सङ्घले महिला टोलीको प्रशिक्षण आइतबारबाट सुरु हुने जनाएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा अपरान्ह २ बजेबाट महिला टोलीको प्रशिक्षण सुरु हुनेछ । प्रशिक्षणका लागि सङ्घले २० खेलाडीलाई बोलाएको छ ।                               एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि महिला टोलीले तयारी थाल्न लागेको हो ।महिला टोलीले प्रशिक्षक जगदिश भट्ट र भरत यादवको नेतृत्वमा तयारी गर्नेछन् । बङ्गलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।सङ्घले पुरुष टिमको प्रशिक्षण भने केहि दिनपछि सुरु गर्ने जनाएको छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजबाट सुरु हुँदैछ ।नेपाल भलिबल सङ्घले महिला टोलीको प्रशिक्षण आइतबारबाट सुरु हुने जनाएको छ ।त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा अपरान्ह २ बजेबाट महिला टोलीको प्रशिक्षण सुरु हुनेछ । प्रशिक्षणका लागि सङ्घले २० खेलाडीलाई बोलाएको छ ।एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि महिला टोलीले तयारी थाल्न लागेको हो ।महिला टोलीले प्रशिक्षक जगदिश भट्ट र भरत यादवको नेतृत्वमा तयारी गर्नेछन् । बङ्गलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।सङ्घले पुरुष टिमको प्रशिक्षण भने केहि दिनपछि सुरु गर्ने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्