इक्वेडरको कारगारमा झडप, कम्तीमा ६८ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

इक्वेडरको कारगारमा झडप, कम्तीमा ६८ जनाको मृत्यु

    मा प्रकाशित

इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कारागारभित्र झण्डै ७०० कैदी रहेका थिए । यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको झडपमा पनि ११९ जनाको मृत्यु भएको थियो । यो वर्ष मात्रै इक्वेडरका कारागारहरूभित्र भएका झगडामा झन्डै ३०० कैदीको मृत्यु भइसकेको छ ।घटनामा परी अरु २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्