मुख्य सहरहरूमा प्रदुषण बढ्न थाल्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

मुख्य सहरहरूमा प्रदुषण बढ्न थाल्यो

    मा प्रकाशित

सजना तिमल्सिना
कार्तिक २९, काठमाडौं ।
चिसो मौसम सुरु भएसँगै मुख्य सहरहरूमा प्रदुषण बढ्न थालेको छ । वायु गुणस्तर निगरानी केन्द्रलेगत २४ घण्टाविराटनगर, धनगढी, सिमरा, पोखरा, कन्चनपुर आसपासका क्षेत्रको हावा स्वास्थ्यका लागि हानिकारक भएको जनाएको छ ।

विशेषगरी सवारीसाधन र निर्माणधीन सडकका कारण बाह्रै महिना वायु प्रदुषण हुने गरेको छ । तर जाडो महिनामा चिसो भगाउन बालिने आगोसँगै इट्टा भट्टा लगायतका उद्योगबाट निस्कने धुवाँधुलोले प्रदुषणको दर ह्वात्तै बढाउने वातावरणविद् भूषण तुलाधरले बताउनुभयो । बाराका शिवकुमार शर्माले आफ्नो घर नजिकै बनेका केही उद्योगबाट निस्किएको धुँवा, धुलोका कारण स्वास्थ्यमा समस्या आएको गुनासो गर्नुभयो ।

देशभर रहेका झण्डै १३ सय इटा उद्योगले हिउँदका समयमा वातावरणमा प्रदुषण बढाउँछन् । भने साना ठुला उद्योगबाट निस्केने धुँवा धुलो समेत हावामा फैलिने र त्यसले मानिसको स्वास्थ्यमा पनि असर गर्न थालेको विभिन्न अध्ययनले देखाएको छ ।

वातावरणमा हुने प्रदुषण रोक्नको लागि वातावरण विभाग, जिल्ला, स्थानिय तहमा अनुगमन समिति रहेको छ । तर प्रभावकारी अनुमगन हुन सकेको छैन । वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले उद्योग तथा कलकारखानाहरूले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पालना गर्नुपर्ने बताउनुभयो ।

उल्लङ्घन गरेमा ५० देखि १० लाख सम्म जरिवाना गर्ने व्यवस्था रहेको निरौलाको भनाइ छ । उद्योग ऐनमा बस्तीभन्दा ७ किलोमिटर टाढा उद्योग खोल्नुपर्ने, उद्योेग खोल्नुअघि वातावरणीय प्रभाव मुल्याङ्कन गर्नुपर्ने उल्लेख छ ।

त्यत्तिमात्रै कार्यान्वयन भए पनि प्रदुषण केही कम हुने सरोकरवाला निकाय बताउँछन् । यस्तै स्थानीय तहले हचुवाको भरमा उद्योग खोल्न अनुमति दिने काम पनि रोक्नुपर्ने उनिहरुको भनाइ छ । सीआईएनबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्