मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी, २१ घर पूर्ण रुपमा नष्ट – Kanika Khabar
Friday, April 26Nepali News Portal

मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी, २१ घर पूर्ण रुपमा नष्ट

    मा प्रकाशित

खड्क सुनार
कार्तिक ३०, गम्गढी ।
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । मुख्य बजार क्षेत्रमा गएराति साढे १२ बजेलामा समुदायको बस्तीमा आगलागी भएको हो । टिनले लामाको घरमा बालिएको दियोबाट आगो सल्किँदा २० घर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आगलागी नियन्त्रणका लागि थप १ घर भत्काइएको सीआईएनलाई जानकारी दिनुभयो । एकआपसमा घरहरू जोडिएको र थप घरमा आगो नसल्कियोस् भनेर एक घर भत्काउनुपरेको उहाँको भनाइ छ । उहँँका अनुसार राति नै स्थानीयबासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि बिहान साढे ४ बजे मात्रै आगलागी नियन्त्रणमा आएको हो ।

 

साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरू एकअर्कासँग जोडिएको र दमकल पनि नभएका कारणले क्षति कम गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो ।मानवीय क्षति नभए पनि कराडौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्