काङ्ग्रेस १४ औँ अधिवेशन : प्रदेश नेतृत्वका लागि यस्ताे हुँदै छ प्रतिस्पर्धा – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङ्ग्रेस १४ औँ अधिवेशन : प्रदेश नेतृत्वका लागि यस्ताे हुँदै छ प्रतिस्पर्धा

    मा प्रकाशित

मंसिर ४, दाङ ।

नेपाली काङ्ग्रेस देशव्यापी चाैधाै अधिवेशमा हाेमिएकाे छ । आज शनिबार दाङमा प्रदेश सभाकाे अधिवेशन हुँदै छ ।

दाङमा ३ वटा संघीय क्षेत्र रहेका छन् । ३ वटा संघीय क्षेत्रमा ६ वटा प्रदेश सभा रहेका छन् । आज ६ वटा प्रदेश सभाका लागि निर्वाचन हुन थालेकाे हाे ।

यस्ताे छ दाङमा प्रदेश अधिवेशन

क्षेत्र नम्बर १ का (क) श्रीपत चौधरी र ताराबहादुर डाँगी चुनावी मैदानमा छन् । उपसभापति महाबिर चौधरी र जगदम्बा चौधरी , सचिव माधव सापकोटा र सुरज खड्का, सहसचिवमा भिमबहादुर चौधरी र रामजानकी यादव चुनावी मैदानमा छन् । यस्तै डाँगीको प्यानलबाट उपसभापति पदमा हस्तबहादुर गु्रुङ, पार्वती भुषाल, सचिवमा शनिराम चौधरी र कृष्णप्रसाद शर्मा, सहसचिवमा रामप्रकास यादव र आशिष पौडेल चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर २ (क) मा सभापतिमा प्रकाश श्रेष्ठ र दुर्गाबहादुर घर्ती चुनावी मैदानमा छन् । श्रेष्ठको प्यानलमा उपसभापतिमा तिलकबहादुर भण्डारी र पदमबहादुर खत्री, सचिवमा शिशिर अधिकारी र युवराज आचार्य, सहसचिव भुवनकुमार चौधरी र विष्णु पोखरेल चुनावी मैदानमा छन् । उनको प्यानलमा १७ जना प्रतिनिधिका लागि चुनावी प्रतिष्पर्धामा छन् । यस्तै घर्तीको प्यानलमा उपसभापतिमा बलबहादुर वली र सीता पुनमगर,सचिवमा मायाँ कुमारी पोखरेल र प्रकाश पाण्डे, सहसचिवमा माधवप्रसाद चौधरी र बिकास घर्ती प्रतिष्पर्धामा छन् । उनको प्यानलमा पनि प्रदेश प्रतिनिधिका लागि १७ जना चुनावी मैदानमा छन् ।

दाङको निर्वाचन क्षेत्र नं. १ को (ख) मा सभापति पदका लागि दिवाकर योगी र दिनेश गिरीले टिमसहित उम्मेदवारी दर्ता गरेका छन् ।

२ को (ख) मा सभापतिमा अभियन बस्नेत र लालबहादुर गिरी मैदानमा छन् । बस्नेतको प्यानलमा उपसभापतिमा गोविन्द्र प्रसाद दहाल र विष्णुकुमार देवकोटा, सचिवमा नोखिराम केसी र शिबराज वस्नेत, सहसचिवमा लौटन चौधरी र सीता दहाल चुनावी मैदानमा छन् । यस्तै गिरीको प्यानलमा उपसभापतिमा शरद बिक, ज्ञानबहादुर खत्री , सचिवमा डिल्लीबहादुर वली र तिलकबहादुर खत्री , सहसचिवमा निर्मला न्यौपाने र युद्धबहादुर डिसी चुनावी प्रतिष्पर्धामा छन् । प्रदेश प्रतिनिधि मुस्लीमतर्फ अब्दुल समिम सिद्धीकी निर्विरोध निर्वाचित भएका छन् । २ को (ख) मा दुवै प्यानलबाट ४४ जना प्रतिष्पर्धामा छन् ।

यसैगरी ३ को (क) मा सभापति पदका लागि देवेन्द्र रिजाल र बलिराम खत्री चुनावी मैदानमा छन् । रिजालको प्यानलबाट उपसभापतिमा पुष्प गिरी र शालिकराम रेग्मी, सचिवमा तेजबहादु डाँगी र रमेश केसी, सहसचिवमा राजेन्द्र महतारा र रन्जन गौतम चुनावी मैदानमा छन् । यसैगरी ७ जना खुल्ला , खुल्ला महिला ३ जना र खसआर्य २ जना, दलित एक जना, जनजातती १ जना, थारु एक जना गरी १५ जना प्रतिष्पर्धामा छन् । यस्तै खत्रीको प्यानलबाट लेखकुमार कार्की र खुशलराम खड्का उपसभापति पदमा छन् । सचिवमा किरण केसी र डम्बरबहादुर भण्डारी, सहसचिवमा चन्द्रमान खड्का र लिलामणी चौधरी चुनावी मैदानमा छन् । दुवै प्यानलबाट १८ जना प्रदेश प्रतिनिधिका लागि चुनावी मैदानमा छन् ।

यस्तै ३ को ‘ख’ मा सभापतिमा पदमा टिका घर्ती र खिमबहादुर वलीले उमेदवारी मनोनयन दर्ता गराएका छन् । घर्तीको प्यानलमा उपसभापतिमा दिलीप बस्नेत र नविन योगी, सचिवमा ढुण्डी न्यौपाने र देवीराम कुसारी, सहसचिवमा कुलबहादुर खडका र महेन्द्र चौधरीले मनोनयन दर्ता गराएका छन् । दुवै प्यानलबाट २५ जनाले प्रतिनिधि छनौटका लागि उमेदवारी दिएका छन् । यस्तै वलीको प्यानलबाट उपसभापति पदमा दोर्णप्रसाद देवकोटा र फर्साराम डाँगी, सचिवमा लेकराम आचार्य र भद्रबहादुर खड्का , सहसचिवमा रोशन जंग शाह र डेफुलाल चौधरी चुनावी मैदानमा छन् ।

आज हुने ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रको चुनावबाट ४२ जना पदाधिकारी छनौट हुने छन् भने १०३ जना प्रदेश र महाधिवेशन प्रतिनिधि छनोट हुने छ । ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रबाट २७५ उमेदवारी प्रतिष्पर्धामा छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्