पूर्व सभामुख महराबाट पत्रकार खनाल सम्मानित – Kanika Khabar
Friday, April 26Nepali News Portal

पूर्व सभामुख महराबाट पत्रकार खनाल सम्मानित

    मा प्रकाशित

शिवु खनाल
दाङ, ११ मंसिर
कनिका खबरकर्मी शिवु खनाल पूर्व सभामुख कृष्णबहादुर महराबबाट सम्मानित हुनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजपुर गाउँपालिकाकाे दाेस्राे गाउँपालिका सम्मेलनकाे अवसरमा पूर्व सभामुख महराबाट देउखुरी समाचारदाता कनिका खबरकर्मी शिवु खनाल सम्मानित हुनु भएको हाे ।

पत्रकारिता क्षेत्रमा क्रियाशील रहि दाङ जिल्ला सहित छिमेकी राष्ट्र भारतसँग जाेडिएका समग्र सीमावर्ती क्षेत्रकाे विकास पुर्‍याउनु भएको उच्च याेगदानकाे मूल्यांकन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे दाेस्राे गाउँपालिका सम्मेलनकाे अवसरमा पूर्व सभामुख कृष्णबहादुर महराबाट दाेसल्ला ओढाइ उत्कृष्ट पत्रकारिता पुरस्कार र कदर-पत्र सहित पत्रकार खनाल सम्मानित हुनु भएको हाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्