काङ्ग्रेस सुदृढीकरणका लागि उम्मेदवारी फिर्ता लिएकाे हुँ : डाँगी – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङ्ग्रेस सुदृढीकरणका लागि उम्मेदवारी फिर्ता लिएकाे हुँ : डाँगी

    मा प्रकाशित

  कनिका डेस्क

मंसिर १४, दाङ ।
नेपाली काङ्ग्रेसकाे चाैधाै महाधिवेशनमा दाङ जिल्लाका प्रत्यासी सभापति भुपबहादुर डाँगीले दाङलाई काङ्ग्रेसमय बनाउन उम्मेदवारी फिर्ता लिएकाे बताएका छन् । उनले अर्का उम्मेदवार शंकरप्रसाद डाँगीलाई सभापतिमा समर्थन गर्दै आफ्नाे उम्मेदवारी फिर्ता लिएका हुन् । उनले उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन समितिले शंकरलाई सभापतिमा घाेषणा गरेकाे हाे।

सभापति शंकरप्रसाद डाँगी र प्रत्यासी सभापति भूपबहादुर डाँगी

सभापतिका लागि बलिया उम्मेदवार मानिएका भूपबहादुरले राजनीतिक सद्भाव कायम गर्दै सहमतिकाे राजनीतिकाे विकास गरेका हुन् । त्यागका प्रतिमुर्ति भूपबहादुरले दाङमा चिराचिरा पर्दै जान थालेकाे काङ्ग्रेसका लागि रक्षात्मक भूमिका खेल्दै निर्वाचन प्रक्रियालाई सहमतिकाे वातावरणमा परिणत गरे ।

` भूपबादुरले किन उम्मेदवारी फिर्ता लियाे? चुनावी मैदानबाट किन बाहिरियो ? यस्ता प्रश्नहरूले सघन रूप लिदै जान थालेका छन्, याे स्वभाविक हाे, कार्यकर्तामा यस्ताे जिज्ञासा जाग्नु सकारात्मक कुरा हाे , मैले उम्मेदवारी फिर्ता लिनु काङ्ग्रेस बचाउनका लागि हाे । हामीले काङ्ग्रेस चिराचिरा पार्दै गयाैँ, अब सुदृढ काङ्ग्रेस निर्माण गर्नुछ । हिजाे खुमबहादुर खड्का, बलदेव मजगैया र तीर्थराज ज्ञवाली चैतुले नेतृत्व गर्नेबेलाकाे जस्ताे सुदृढ काङ्ग्रेस बनाउनका लागि मैले उम्मेदवारी , फिर्ता लिएकाे हुँ ।´ उनले थपे, ` मैले कसैसँग पनि परामर्श गरेनँ, काङ्ग्रेसलाई सुदृढीकरण गराउनका लागि शंकरलाई याेग्य उम्मेदवारकाे रूपमा पाएँ, चिराचिरा पर्दै गएकाे काङ्ग्रेसलाई सुदृढ बनाउन सक्ने क्षमता शंकरमा देखेकाे छु, दाङ काङ्ग्रेसकाे जिम्मेवारी अब अब शंकरकाे काँधमा छ, उनलाई हामी सबैकाे सहयाेग मजबुत रूपमा रहने छ।´

पार्टीको लागि अहाेरात्र खट्दै आएका भूपबहादुर त्यागका पर्याय मानिन्छन् । पदका लागि कहिल्यै मरिहत्ते नगर्ने तर कामका लागि कहिल्यै पद नखाेज्ने भूपबहादुर सधैं पार्टी , संगठन, कार्यकर्ता र समाजका लागि खटिरहन्छन् । आफू बलियाे र प्रवल सम्भावित उम्मेदवार रहँदारहँदै पनि चुनावी प्रतिस्पर्धाकाे रिङ खाली गरिदिएर देशव्यापी रूपमा दाङ काङ्ग्रेसको शीर उँचाे बनाएका छन् । देशव्यापी रूपमा सकारात्मक सन्देश प्रवाह गर्दै सिङ्गो काङ्ग्रेसका लागि दाङ काङ्ग्रेसलाई अनुकरणीय बनाउन भूपबहादुरले गरेकाे त्याग राजनीतिक सद्भाव , सहिष्णुता तथा संस्कारका लागि प्रर्याप्त रहेकाे छ । भूपबहादुर चुनावी मैदानबाट बाहिरिएको नभई दाङ काङ्ग्रेसलाई नयाँ शीराबाट अगाडि बढाउन गरेकाे अद्वितीय काम भएकाे चर्चा काङ्ग्रेस वृत्तमा मात्र नभई काङ्ग्रेसइतर वृत्तमा समेत चलेकाे छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्