कर्णालीका मुख्यमन्त्रीद्धारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस – Kanika Khabar
Friday, April 26Nepali News Portal

कर्णालीका मुख्यमन्त्रीद्धारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

    मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । आजको प्रदेशसभा बैठकमा शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । तर प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि बढ्न सकेन ।

 

प्रस्तावको सम्बन्धमा मत विभाजन भने भोलि बस्ने बैठकमा गराइने भएको छ । एमालेको १० औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि एमाले सांसदहरु उपश्थीत नभएको बताइएको छ । नेकपा एमालेले भोलिको बैठकमा सहभागी हुने जनाएको सत्तारुढ गठबन्धनका नेताहरूले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्