ओमिक्रोन सन्त्रासपछि दाङका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता ‘ओमिक्रोन भित्रिन नदिन स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

ओमिक्रोन सन्त्रासपछि दाङका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता ‘ओमिक्रोन भित्रिन नदिन स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश’

    मा प्रकाशित

शिवु खनाल
दाङ, १६ मंसिर ।
कोरोना भाइरस (कोभिड १९) को नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि दाङका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । छिमेकी राष्ट्र भारतबाट नेपाल प्रवेश गर्नेहरुको कोइलाबास नाकामा एन्टिजेन परीक्षण सुरु भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय दाङ र गढवा गाउँपालिकाको संयुक्तमा भारतसंग जोडिएको दाङको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना गरेर परीक्षण सुरु भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताउनुभयो । कोइलाबास नाका भएर नेपाल प्रवेश गर्ने सबैको एन्टिजेन विधिबाट परीक्षण भइरहेको स्वास्थ्य प्रमुख शाहीले बताउनुभयो ।
कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका र नलगाएका सबैको स्वास्थ्य परीक्षणपछि मात्रै नेपाल प्रवेश गर्न दिइएको छ, स्वास्थ्य प्रमुख शाहीले भन्नुभयो,—। ‘कोरोना विरुद्धको खोप लगाएकाहरुको खोप कार्डका आधारमा प्रवेश हुदैँ आएकोमा अव सबैको स्वास्थ्य परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न पाउने छन् ।’ कोरोना भाइरस (कोभिड १९) को नयाँ (भेरियन्ट) ओमिक्रोन देखिएपछि दाङका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता बढाइएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । सीमा नाकामै परीक्षण गर्दा जोखिम निकै कम हुने भएकाले लक्षण देखिएकाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण र लक्षण नदेखिएका अन्य सबैको सीमा नाकामै स्वास्थ्य परीक्षण सुरु गरेका छाँै, प्रमुख जिल्ला अधिकारी रैगमीले भन्नुभयो ।
ओमिक्रोन भित्रिन नदिन उच्च सतर्कता
हालै अफ्रिकामा देखा परेको भनिएको कोरोना भाइरस (कोभिड १९) को नया भेरियन्ट ओमिक्रोन भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । भारतमा पाँचदिन अघि दक्षिण अफ्रिकाबाट आएका एकजना युवकलाई पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि भारतसंग जोडिएका ३४ वटा दाङका नाका क्षेत्रमा सुरक्षा चेकजाँच सहितको उच्च सतर्कता अपनाइएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । ओमिक्रोन भाइरस विश्वका विभिन्न दर्जन भन्दा बढि देशमा फैलिसकेको छ । जस्ले गर्दा हाम्रो सीमा क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने जोकोहीलाई स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ, प्रमुख जिल्ला अधिकारी रैगमीले भन्नुभयो ।
होल्डिङ् सेन्टर स्थापना गर्दैछाँै ःस्वास्थ्य मन्त्री थारु
भारतसंग जोडिएको सीमा क्षेत्रमा होल्डिङ् सेन्टरको स्थापना गर्दै गरिरहेको लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताउनुभयो । उहाँले कृष्णनगर नाकामा होल्डिङ् सेन्टरको स्थापना भइरहेको जानकारी दिदैँ, थप अन्य सुनोल र नेपालगंजको रुपैडिहा नाकामा पनि होल्डिङ् सेन्टर स्थापनाको तयारी भइरहेको बताउनुभयो । यस्तै लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले ओमिक्रोन भाइरस नेपाल भित्रिन नदिन भारतसंग जोडिएको दाङको कोइलाबास नाका पूर्ण रुपमा बन्द गरिने बताउनुभयो । संघीय सरकारबाट लागु भए कोइलाबास नाका पूर्ण रुपमा बन्द हुन्छ, मन्त्री थारुले भन्नुभयो ।
विदेश भ्रमणमा नजान नेपाल सरकारको आग्रह
कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न नेपाल सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् । हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डा.अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्