तुलसीपुर महोत्सवका विषयमा राजनीतिक दलसंग छलफल – Kanika Khabar
Friday, April 26Nepali News Portal

तुलसीपुर महोत्सवका विषयमा राजनीतिक दलसंग छलफल

    मा प्रकाशित

तुलसीपुर, १६ मंसिर । तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरका राजनीतिक दलहरुसंग छलफल गरेको छ ।प्रथम ऐतिहासीक तुलसीपुर महोत्सव २०७८ लाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न राजनीतिक दलहरुसंग छलफल गरेको महोत्सवका संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

छलफलमा दलहरुले स्थानीय स्थ रमा उत्पादन भएका बस्तुलाई व्यसायीकरण गर्नु पर्ने जोड दिएका छन् । स्थानीय उत्पादनलाई पवद्र्धन गर्दै तुलसीपुरका व्यवसायीलाई पनि स्तरका लागि पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । नागरिकको चहलपहल बढ्दा बजार र मेलाको कारोबारमा पनि वृद्धि हुने भन्दै कसैलाई घाटा र कसैलाई नाफाको कुरामा नअलमलिन व्यवसायीलाई आग्रह गरे ।

बजारमा सामान्य रुपमा देखा परेको विवाद एउटा संस्थाले मात्रै लगाउने र अन्यले लगाउन नपाउने भन्ने कुराको बिचको लडाँई भएकाले सकभर मिलेर गए सबैका लागि फाईदा हुने बताए ।त्यसैगरी उनिहरुले व्यवसायिक हकहितका लागि मात्रै भन्दापनि सर्वसाधरण नागरिकका लागि बर्षमा एकपटक मनोरञ्जन आवश्यक भएको बताएका छन् ।

छलफल कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष माधव वली, नेपाली काँग्रेसका नगर सचिव बिमल पौडेल, नेकपा माओवादीका नगर सदस्य घनश्याम भण्डारी, नेकपा एकिकृत समाजवादीका नगर इन्चार्ज विष्णु थापा, नेपाल कम्युनिष्ट पार्टीका नगर इन्चार्ज विकास वली, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रुपबहादुर खत्री, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल, काँग्रेसका युवा नेता बलीराम खत्री, लगाएतले बोल्नु भएको थियो ।
चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो ।स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार शहर देखि गाउँसम्म व्यापार विस्तार भन्ने नारा सहित पुष १ गतेदेखि १२ गते सम्म तुलसीपुरको घोराही रोडमा प्रथम ऐतिहासिक तुलसीपुर महोत्सव संचालन हुन लागेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्