नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजपुर गाउँपालिकाकाे दाेस्राे पूर्ण बैठक सम्पन्न – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजपुर गाउँपालिकाकाे दाेस्राे पूर्ण बैठक सम्पन्न

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, १७ मंसिर।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाङ देउखुरी राजपुर गाउँपालिकाकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएको छ । राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) काे अध्यक्षता एवम् लुम्बिनी प्रदेश सचिवालय सदस्य लुमाकान्त न्याैपानेकाे प्रमुख अतिथिमा सम्पन्न बैठक चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजपुर गाउँपालिकाकाे दाेस्राे पूर्ण बसेकाे बैठकले छजना सदस्यीय मनाेनित गरेको छ भने १९ जनाको सचिवालय गठन गरेको छ । यस्तै बैठकले राजपुर गाउँपालिका एवम् वडा इञ्चार्ज सह-इञ्चार्ज, जवस माेर्चाका फ्याक्सन इञ्चार्ज ताेकेकाे छ भने जवस माेर्चाकाे भेला गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले राजपुर गाउँपालिका विभिन्न वडाका बैठक बसाल्ने निर्णय गरेको छ । कार्यक्रमकाे सहजिकरण सह-सचिव दिलमती वलिले गर्नुभएको थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्