नेपालमा हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोना विरुद्धको खोप लगाइयो – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नेपालमा हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोना विरुद्धको खोप लगाइयो

    मा प्रकाशित

मंसिर १८, दाङ

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।
नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३९२ जना सङ्क्रमित भएका छन् ।

 

यस्तै, ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७ दशमलब ७ प्रतिशत छ । हाल देशमा सक्रिय सङ्क्रमितको संख्या ६ हजार ७४४ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्