काङ्ग्रेस महाधिवेशन : रौतहटमा जिल्लाबाहेक सबै अधिवेशन सम्पन्न – Kanika Khabar
Friday, April 26Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : रौतहटमा जिल्लाबाहेक सबै अधिवेशन सम्पन्न

    मा प्रकाशित

मंसिर १८, रौतहट ।
काङ्ग्रेसको १४ औँ महाधिवेशनमा सबैभन्दा विवादित मानिएको रौतहट जिल्लामा जिल्ला अधिवेशनबाहेक सबै अधिवेशन सम्पन्न भएका छन् । विवादित जिल्ला मध्ये सबैभन्दा विवाद चुलिएको जिल्लाको रुपमा काङ्ग्रेसले रौतहटलाई लिएको थियो ।

रौतहटमा चार संघीय क्षेत्र रहेका छन् । चार संघीय क्षेत्रमा क्षेत्रीय अधिवेशन, आठ प्रदेशमा प्रदेश अधिवेशन, दुई गाउँपालिका र १६ वटा नगरपालिका नगर अधिवेशन र १५७ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत दिपकराज रेग्मीले बताएका छन् ।अधिकृत रेग्मीले भने, ‘रौतहट सबैभन्दा विवाद चुलिएको जिल्ला थियो, सबैको सहयोगले शान्तिपूर्ण ढङ्गले अधिवेशन सम्पन्न गराउन सफल भयौँ, पार्टीको आन्तरिक निर्वाचन हो, पार्टीका नेताहरुले निर्वाचन समितिलाई अत्यन्त सहज ढङ्गले काम गर्ने वातावरण तय गरिदिनुभयो, जसका कारण अधिवेशन सम्पन्न गराउन सकियो ।’

पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि रौतहटमा जिल्ला अधिवेशन हुनेछ । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रक्रिया भएकाले केन्द्रीय महाधिवेशनमा असर पर्दैन । रौतहट जिल्लाबाट १ सय जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । रौतहटबाट पार्टी सभापति शेरबहादुर देउवाको पल्ला भारी भएको छ । झण्डै ९० प्रतिनिधि देउवाका पक्षधरका निर्वाचित भएका छन् भने बाँकी १० जना रामचन्द्र पौडेल पक्षधरका निर्वाचित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्